समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई अन्तिम एक पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले साधारण सदस्यबाट किन कारबाही नगर्ने भनेर ढकालसँग अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको हो ।
बैठकमा स्थानीय तहको उपनिर्वाचनमा भाग लिने विषयमा पनि छलफल भएको छ। उपनिर्वाचनमा भाग लिने वा नलिने अन्तिम निर्णय अर्को बैठकमा लिइने जनाइएको छ।