Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

काठमाडौं – पछिल्लो समय सार्वजनिक रुपमा सुन्न नसकिने शब्द प्रयोग गरिएका तीजका गीत सार्वजनिक भइरहेका छन् । हिन्दू नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएका कतिपय गीत भद्दा र अपाच्य भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

चर्चित गायिका शान्तिश्री परियारले पनि यस्तै एक गीतमा स्वर दिएकी थिइन् । उनले स्वर दिएको ‘बिस्ताराले पोल्यो’ बोलको गीत निकै विवादित बनेको छ भने चर्चित कलाकारले पनि अपाच्य गीत गाउन थालेको भन्दै असहमति प्रकट गरिएको छ ।

राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानकी सदस्य समेत रहेकी शान्तिश्री परियारको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी छिन् । उनले बुधवार एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय सुभेच्छुकहरु प्रति आँच पुग्न गएको आभास भएको हुँदा माफी चाहन्छु ।’

साथै उनले अबदेखि शब्द र संगीत छनोट गरेर गीत गाउने समेत बताएकी छिन् । उनले ‘बिस्ताराले पोल्यो’ बोलको गीत तीज तथा लोक दोहोरी विधा अन्तर्गतको नभएको दाबी गरेकी छिन् । यो गीत उनले तीजको गीत नभएको दाबी गरे पनि गीतमा भने तीजको मौलिक लयलाई नै आधार मानेर तीजकै बेलामा सार्वजनिक गरिएको थियो ।

गीत सार्वजनिक भएदेखि नै युट्युबमा पनि शान्तिश्रीका फ्यानले कमेन्ट गरेर उनले गाएको गीतमा असहमति जनाउँदै एउटा फ्यान घटेको भन्दै प्रतिक्रिया दिएका छन् । यो गीतको भिडियोको पनि निकै विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया