Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अमर्यादित गीत सार्वजनिक गर्ने कलाकारलाई स्पष्टीकरण सोध्ने भएको छ । लोक तथा दोहोरी र तिज गीतका नाममा विकृति र विसंगति फैल्याउने कलाकारलाई प्रतिष्ठानले स्पष्टीकरण सोध्ने भएको हो ।

प्रतिष्ठानका पदाधिकारीहरूको बैठकले आफ्नो संस्थाभित्रका सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अध्यक्ष रीता थापाले जानकारी दिइन् । ‘प्रतिष्ठानभित्रका साथीहरूलाई संस्थाको विधि विधान बाहिर गएर गीत गाउन पाइँदैन । समाजमा अपाच्य हुने गीत गाउनु गलत हो भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेका छौँ,’ उनले भन्छिन्, ‘प्रतिष्ठानबाहिरका साथीहरूलाई हामीले मर्यादित र सभ्य गीतमात्रै गाउन आग्रह गर्ने निर्णय गरेका छौँ ।’गीत

सँगै प्रस्तुति र भिडियो पनि अश्लील भएको गीतको सन्दर्भमा त्यस्ता गीत सच्याउन र सकेसम्म डिलिट गरिदिन आग्रह गर्ने उनको भनाई छ । उनकाअनुसार प्रतिष्ठानमा आबद्ध सर्जक तथा स्रष्टालाई संस्थाको सुविधाबाट वञ्चित गरिनेछ । यसअघि पनि प्रतिष्ठानले संगठित ससदस्यलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने, सदस्यता निलम्बन गर्ने तथा प्रतिष्ठानबाट दिने सुविधाबाट वञ्चित गर्दै आएको थियो ।

अहिले बजारमा लोकप्रिय र चलेका कलाकारले नै अपाच्य गीत गाउन र प्रस्तुति दिन थालेपछि प्रतिष्ठानले आफ्नोतर्फबाट त्यसको न्यूनीकरणको प्रयास गरिरहेको छ । अग्रज र लोकप्रिय कलाकारलाई रोक्न नसके भोलिका दिनमा यसले थप बढावा पाउने प्रतिष्ठानको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया