Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – तमु धीं जापानको ‘२६ औं रोधीं साँझ’मा प्रस्तुती दिन चर्चित गायिका तृष्णा गुरुङ जापान आउने भएकी छन् । ‘भ्वाइस आफ नेपाल’ तेस्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङ जापान आउने तय भएको हो ।

उनका ‘माया पिरती, खानी हो यामी, गाइने दाजैले, साँझको बेला, तिम्रो मेरो प्रेम, गुराँसै फुल्योसहित दर्जन बढी आफ्ना चर्चित रहेका छन् । अगस्ट १८ तारिख आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने गुरुङको कार्यक्रम सिन्जुकु वार्प (WARB खाल्डो) मा हुने तमु धीं जापानका अध्यक्ष हिमाली गुरुङले जानकारी दिए ।

नेपाली संगीतकर्मीका रुपमा बेलायतको रोयल अल्बर्ट हलमासमेत प्रस्तुति दिइसकेकी गुरुङका गीत युवापुस्ता साँझ चर्चित छन् । विगत तिन दशक देखि जापानवासी नेपालीहरूबिच सहकार्य गर्दै आइरहेको तमु धींको आयोजनामा रोधीं साँझ २६औं हुन लागेको हो ।

रोधीं साँझमा हेर्न आउने दर्शकले पुरस्कार पाउने
तमु धीं स्थापनाको ३ दशक एवं रोधीं साँझ २६औं पटकसम्म सफलता पूर्वक आयोजना गरेको अवसरमा तृष्णा गुरुङका शुभचिन्तकहरूलाई तमु धीं जापानले जापान मनि ट्रान्सफर (JME) को सहकार्यमा रोधीं साँझको टिकट लिने दर्शकलाई ५ सय ऐन फिर्ता दिने योजना बनाएको कार्यक्रम संयोजक मान गुरुङले जानकारी दिए ।

रोधीं साँझको टिकट लिएपछि जेएमई सेवा डाउनलोड मार्फत ५ सय ऐन सहित हरेक पटक पैसा पठाउँदा २० प्रतिशत बोनस पोइन्ट्स पाइने छ भने एकजना साथीलाई परिचय गराए बापत थप ५ सय बोनस पोइन्ट्स प्राप्त गर्ने भएका छन् । ***

तपाईको प्रतिक्रिया