Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि ३५ खेलमा ४१९ स्पर्धा प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा आयोजित बैठकमा सो प्रस्ताव गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक ३५ खेल प्रस्ताव गरिएको जानकारी दिए । राखेपले १०औं राष्ट्रिय खेलकुद आगामी मंसिर २-९ गतेलाई प्रस्ताव गरिसकेको छ । त्यसअघि विभिन्न छ खेलको प्रतियोगिता कात्तिक २७ देखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको जनाइएको छ ।

महिला फुटबल, उसु, पुरुष/महिला बास्केटबल, जुडो, पुरुष(महिला हक्की र तेक्वान्दो खेललाई १०औं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटनअगावै गर्ने गरी प्रस्ताव गरिएको छ । निर्णायक संख्या १४ सय ९९ प्रस्ताव गरिएको छ । १०औं राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६९ करोड बजेट सुनिश्चित भइसकेको जनाइएको छ । १०औं राष्ट्रिय खेलकुद सकिएलगत्तै नेपालमा पहिलो पटक कर्णालीमै पारा खेलकुद पनि आयोजना हुने छ ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकमा तोकिएकै समयमा १०औं राष्ट्रिय खेलकुद गर्नुको विकल्प नरहेको बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालका अनुसार आवासको व्यवस्थापनका कारण कर्णाली प्रदेशका पाँच जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने अवस्था छ । बाँकी खेलका विषय चाँडै टुंगो लगाउनुपर्ने छ ।

तपाईको प्रतिक्रिया