Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – स्पेनले युरो २०२४ मा मंगलबार फ्रान्सलाई २-१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । स्पेन कुनै ठूलो प्रतियोगिताको फाइनल पुगेको १२ वर्षयता पहिलो पटक हो ।

स्पेनका लागि लामिन यामल प्रतियोगिताको इतिहासमा गोल गर्ने सर्वाधिक कान्छा खेलाडी बने । उनी १६ वर्षका मात्र रहेका छन् । म्युनिकमा भएको खेलमा स्पेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर खेल जितेको हो ।

फ्रान्सले रान्डल कोलो मोनीको हेडबाट नवौं मिनेटमा गरेको गोलको मदतले अग्रता लिएको थियो । त्यसका लागि केयलिन एमबापेले पास उपलब्ध गराएका थिए । त्यसपछि स्पेनले चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो ।

यामलले २१ औं मिनेटमा उत्कृष्ट गोलको मदतले खेल बराबरीमा ल्याए । स्पेनले २५ औं मिनेटमा अग्रता लिएको थियो । यो भने डानी ओल्मोको नाममा रह्यो ।

स्पेनले अब आज राति हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ ।

तपाईको प्रतिक्रिया