Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

कोकिलकण्ठकी अग्रज एवं मुर्धन्य गायिका तारा थापा शुक्रवार आफ्ना कालजयी गीतहरुमा गुञ्जिएकी छिन् । शुक्रवार जमलस्थित राष्ट्रिय नाचघरमा भएको एकल गायन प्रस्तुति ‘तारा थापा : स्वर्णिम साँझ–२०८१’मा उनले आफ्ना कालजयी गीतहरु सुनाएकी थिइन् ।

लाफा रुङ्ग फाउण्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ गरिएको कार्यक्रममा उनले ‘मेरो मायाको संसार,’ ‘किनार भेट्न,’ ‘कहाँ हो जाने,’ ‘तारी नदेउ माझीदाइ,’ ‘हजार चोटी,’ ‘सबैले दिने माया,’ ‘फूल झरेपनि काँडा झर्दैन,’ ‘सयथरी बाजा एउटै ताल’ जस्ता कालजयी गीतहरु गाएकी थिइन् । झण्डै दुई घण्टासम्म चलेको कार्यक्रममा गायिका थापालाई सम्पूर्ण सङ्गीतकर्मी र सङ्गीतकर्मीले साथ दिएका थिए ।

गीतकार वसन्त वित्यासी थापाको संयोजकत्वमा सम्पन्न कार्यक्रयमा फाउण्डेसनले गायिका थापालाई सम्मान समेत गरेको थियो । कार्यक्रममा नृत्य शिरोमणि भैरवबहादुर थापा, फाउन्डेसनकी अध्यक्ष चन्द्रज्योति आले, वरिष्ठ संगीतकार सिके रसाइली, वरिष्ठ गायिका मिरा राणा, राजु सिंह, वरिष्ठ गीतकार विश्व बल्लभ, वरिष्ठ संगीतकार दीपक जंगम लगायतको सहभागिता थियो ।

गायिका थापा विगत ५३ वर्षदेखि नेपाली गीतसङ्गीतमा निरन्तर छिन् । वि.सं. २०२८ चैत २८ गते रेडियो नेपालबाट सरोजगोपालको शब्द र सीके रसाइलीको सङ्गीतमा पूर्णसिंह नेपालीसँग संयुक्त रूपमा ‘माझी दाइ डुङ्गा तारिदेऊ’ बोलको गीत रेकर्ड गराएपछि उनको साङ्गीतिक यात्राको थालनी भएको थियो ।

तपाईको प्रतिक्रिया