Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोलोम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा पानामालाई ५-० ले हराउँदै कोलोम्बिया सेमिफाइनलमा प्रवेश गरेको हो ।

कोलोम्बियाले पहिलो हाफमा तीन गोल र दोस्रो हाफमा दुई गोल गर्‍यो । कोलोम्बियालाई जोन एन्ड्रेस क्रोडोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । १५ औं मिनेटमा कोलोम्बियाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो ।

कोलोम्बियाका जेम्स रोड्रिगेजले पेनाल्टीमा गोल गरे । ४१ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि कोलोम्बियाले पहिलो हाफमा ३-० को अग्रता लियो ।

दोस्रो हाफको ७० औं मिनेटमा रिचार्ड रियोसले गोल गरेपछि कोलम्बिया एकतर्फी र फराकिलो जिततर्फ अग्रसर बन्यो । अतिरिक्त समयको चौथो मिनेटमा कोलोम्बियाका लागि मिगुएल ब्रोजाले गोल गरेपछि अन्ततः खेलको नतिजा ५-० का निस्कन पुग्यो ।

कोलोम्बियाले अब सेमिफाइनलमा ब्राजिल र उरुग्वेको विजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया