Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – गायक राजेश राईले नयाँ म्युजिक भिडियो माया लाउन मिल्ला कि नमिल्ला ल्याएका छन् । यसअघिका आफ्ना दर्जनौं गीत दर्शक माझ ल्याएका गायक राजेशले यो पटक ‘चाइनेजो अर्थात माया लाउन मिल्ला कि नमिल्ला’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सिगिङ सुपर स्टार सिजन-१ नामक रियालिटी शोका विजेता रहेको राजेश राईका `तोडियो तोडियो’ ‘कालो कालो’ ‘अर्खौले बजार’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए | चाईनेजो अर्थात माया लाउन मिल्ला कि नमिल्ला गीतमा गायिका अन्जु पन्तले साथ दिएकीछिन । यो गीतलाई पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ ।

गीतमा दुर्लभ जन्तरेको शब्द, अनिल कोयी राईको संगीत र आशिष अविरलको संगीत संयोजन अनि ध्वनी मिश्रण रहेको छ । भिडियोलाई दुर्लभ जन्तरेले निर्देशन गरेका छन् । भिडियोमा कमल सिंह र प्रिजमा खतिवडाको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ l ज्ञानेन्द्र शर्माको छायांकन, सन्तोष राजबाहकले सहायक निर्देशन तथा नृत्य निर्देशन गरेका छन् भने सम्पादनको काम विकास दाहालको रहेको छ | भिडियो राजेश राईको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ |

तपाईको प्रतिक्रिया