बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – नेपालमा पाँच वटा नक्कली कम्पनीमार्फत करिब ३२ क्वीन्टल (३२ सय किलो) अवैध सुन तस्करी भएको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पाँच वटा डमी कम्पनी खडा गरेर ३० अर्ब बढीको सुन तस्करी भएको पाइएको हो ।

भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको हो । यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ । ब्रेक सुमार्फत यसअघि ३६२.७७८ केजी सुन तस्करी भएको दाबी गरिएको थियो ।सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ । सीआईबीका अनुसार गिरोहले करिब ३१ अर्ब रुपैयाँको सुन तस्करी गरेर भित्र्याएका छन् । ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गर्ने तयारी भइरहेको छ । हाल २० जना पक्राउ छन् भने २५ जना फरार रहेको सीआईबीले जनाएको छ । पहिलो चरणको अनुसन्धानमा २५ जना पक्राउ परेकामा २४ जना थुनामा छन् ।

तपाईको प्रतिक्रिया