बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – नायिका जसिता गुरुङले कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माइ शो’ मा आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रेस काउन्सिलमा लिखित उजुरी गरेकी छन् ।

टेलिभिजन कार्यक्रम ‘इट्स माइ शो’को पछिल्लो एपिसोड विवादमा परेको छ । ओसिन सिटौलाले होस्ट गरेको पहिलो एपिसोडमा अभिनेत्रीहरू स्वस्तिमा खड्का र साम्राज्ञी शाहलाई अतिथि रूपमा आमन्त्रण गरिएको थियो ।

उक्त कार्यक्रममा एउटा सेग्मेन्ट अन्तर्गत खेल खेलाउने भन्दै होस्ट ओसिनले अभिनेत्रीद्वयलाई विभिन्न प्रश्न सोध्छिन् । जसमा अभिनेत्री जसिताका प्रेमीहरूको बारेमा समेत प्रश्न सोध्छिन् । स्वस्तिमा र साम्राज्ञीले उनका प्रेमीहरूको नामै खुलाउँछिन् ।

जसिताले उक्त कार्यक्रमबाट आफू र आफ्नो परिवारलाई असर पुगेको भन्दै उजुरी दिएकी हुन् । उजुरीमा उक्त एपिसोडको भिडियो हटाउन तथा मिडिया हाउस र कार्यक्रम प्रस्तोतालाई कारबाही गर्न अनुरोध गरिएको छ ।

चौतर्फी रूपमा आलोचना भएपछि कार्यक्रम प्रस्तुतकर्ता र कान्तिपुर टेलिभिजनले कार्यक्रम हटाएका छैनन् भने क्षमायाचना समेत गरेका छैनन् । प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई जवाफ दिन पत्र लेखिसकेको छ ।

तपाईको प्रतिक्रिया