सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

काठमाडौं – गायक तथा सर्जक सूर्य खड्काको नयाँ मौलिक लोक गीत सार्वजनिक भएको छ । शान्तिश्री परियार र सूर्य खड्काको स्वर रहेको गीत सूर्य खड्का युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीत संगीतमा मौलिकता हराइरहेको बेला खड्काले गाउँकै झल्को दिनेगरी गीत तयार पारेका छन् । सूर्य खड्काकै शब्द/संगीत रहेको गीतमा माया-प्रेमसँगै गाउँघरको बसाइ र परिवेशलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ ।

मनछुने शब्द रहेको गीत धेरै दर्शक/श्रोताले मन पराउने अपेक्षा गरिएको छ । गाउँघरमै छायांकन गरिएको गीतमा आफ्नै शैलीमा गाउँघरमा नाचगान गरिएको अर्ग्यानिक भिडियो देख्न सकिन्छ ।

जीवन कुमार ज्ञवालीले निर्देशन गरेको गीतको भिडियोमा सूर्य खड्का, लोमश शर्मा, नारायणी खत्री र साया भण्डारीको अभिनय देख्न सकिन्छ । ***

तपाईको प्रतिक्रिया