सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

काठमाडौं – न्यूजिल्याण्डको डकएज फेस्टिभलमा छनोट भएको नेपाली डकुमेन्ट्री ‘देवी’ले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट अवार्ड जितेको छ । छ वटा क्याटेगोरीमा प्रतिस्पर्धा गरेको उक्त डकुमेन्ट्री पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेकी हुन् ।

न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको फेस्टिभलमा ६६ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा थिए । देवी ६ वटा विधामध्ये ‘एज अ इम्प्याक्ट’ मा उत्कृष्ट ठहरिएको हो । ‘अवार्ड जितेकोमा अत्यन्तै खुशी छु । नेपाली डकुमेन्ट्री देवीले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट ठहरियो । यो उपाधि सबैका लागि खुशीको कुरा हो,’ श्रेष्ठले खुशी व्यक्त गर्दै भनिन् ।

सत्यनिष्ठा र मेलमिलाप भन्ने थिममा आधारित भएर प्रतिष्पर्धा गरेका फिल्ममध्ये श्रेष्ठको देवी छनोट भएको थियो । त्यस्तै उक्त डकुमेन्ट्री कोरियाको डिएमजेड फेस्टिभलमा पनि छनोट भएको छ । सोही डकुमेन्ट्रीले यसअघि क्यानाडामा वेष्ट डकुमेन्ट्री अवार्डमा छनोट भई टप २० मा अडियन्स अवार्ड पाएको थियो ।

तपाईको प्रतिक्रिया