शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

काठमाडौं – कलाकार तथा टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो ब्रान्ड ध्वस्त भएको बताएका छन् । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ विवादमा परेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्ड प्रतिको मेरो बफादारी ध्वस्त भएको छ’, उनले अगाडि भनेका छन्- ‘एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामाग्रीको हिस्सा बन्न चाहन्न ।’ उनले आफू अहिले उक्त शो मा आबद्ध नरहेको समेत स्पष्ट पारेका छन् ।

‘तपाईंहरुको सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु’, उनी थप्छन्- ‘तपाईंहरुको प्रोत्साहन मेरो करियरमा एक प्रमुख शक्ति हो । आगामी दिनमा पनि तपाईंहरुले रमाइलो गर्ने र गर्व गर्न सक्ने सामाग्री ल्याउन प्रतिवद्ध छु ।’

‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद तानिएकाे थियाे । यसैसाता साे टक शोकाे पहिलो एपिसाेडमा स्वस्तिमा र अभिनेत्री साम्राज्ञी शाह अतिथिको रुपमा पुगेका थिए । ओसिन सिटौलाले होस्ट गरेको कार्यक्रममा गेम खेल्ने भन्दै अनमोल, जसिता लगायतका कलाकारका व्यक्तिगत कुराहरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया