शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आज मंगलबारदेखि सुरु हुँदैछ। जनकपुरधाम उपमहानगरपालिका र लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रूपमा आयोजित महोत्सवको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गर्नेछन्।

दुई दिनसम्म चल्ने महोत्सवमा ‘ललका पाग’, ‘लोटस ब्लुम्स’ र ‘समानान्तर’ नामक फिचर फिल्महरूको प्रदर्शन हुनेछ। बृत्तचित्र ‘गुमकी’ र ‘विद्यापति’, तथा लघुफिल्म ‘रक्त तिलक’ र ‘अफवाह’ पनि देखाइनेछन्।

कार्यक्रम संयोजक रमेश रञ्जनका अनुसार महोत्सवको उद्देश्य मैथिली भाषामा बनेका चलचित्रहरूको प्रदर्शन र स्थानीय दर्शकहरूको प्रतिक्रिया बुझ्नु हो। उनले मैथिली भाषाको चलचित्र निर्माण र प्रबर्धनका लागि यस्ता महोत्सवहरू आवश्यक रहेको बताए।

महोत्सवमा ‘मैथिली सिनेमाको निर्माण र व्यवसाय’, ‘निर्देशकसँग विमर्श’, र ‘समकालीन परिदृश्यमा मैथिली सिनेमा’ जस्ता शीर्षकमा अन्तक्रियात्मक कार्यक्रमहरू हुनेछन्।

तपाईको प्रतिक्रिया