Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – भारतकी गायिका अलका याज्ञिककाे सुन्ने क्षमता गुमेको छ । उनीलाई न्युरो रोग लागेको छ । गायिकाले सामाजिक सञ्जाल एउटा पोस्ट गरेर आफूलाई लागेको रोगबारे बताएकी हुन् । उनले साेही कारणा लामो समयदेखि आफू निष्क्रिय रहनुको कारण पनि खुलाएकी छिन् ।

उनले आफ्ना फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् । केही हप्ता अघि हवाई यात्रा गरेर विमानबाट ओर्लिर्ने क्रममा आफूले केही सुन्न नसकेको गायिकाले महसुस गरिन् । डाक्टरलाई देखाउँदा भाइरल आक्रमणका कारण गायिकालाई दुर्लभ सेन्सरी नर्भ हियरिङको समस्या भएको देखियो ।

५८ वर्षीया अल्का याज्ञिक बलिउडकी चर्चित पाश्र्व गायिका हुन् । अल्का ४४ वर्षदेखि पाश्र्व गायनमा सक्रिय छिन् । यस अवधिमा उनले २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गराएकी छिन् । उनले २ वटा राष्ट्रिय अवार्ड र ७ फिल्मफेयर अवार्ड पाएकी छिन् ।

तपाईको प्रतिक्रिया