Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

काठमाडौं – नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाजको पुस मसान्तसम्मको ऋण भुक्तानी गरेको छ । अन्तर्राष्ट्रिय उडानको लागि जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो ।

त्यसमध्ये दुई न्यारोबडी जहाजको २०८० पुस महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक ऋण भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनका अनुसार आइतबार ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ ।

निगमले ए ३२० जहाजको सञ्चय कोषलाई ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ र ए ३३० जहाजको १० करोड भुक्तानी गरेको छ । नागरिक लगानी कोषलाई ए ३३० जहाजको १० करोड भुक्तानी गरेको छ ।

तपाईको प्रतिक्रिया