Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

टोकियो – बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता २०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लब टोकियोले जितेको छ । बुधबार साईतामाको टोडा स्पोर्टस् सेन्टरमा सम्पन्न प्रतियोगितामा आयोजक बागलुङ समाज जापानलाई १ काविरुद्ध २ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१० टिमको सहभागिता रहेको उक्त प्रतियोगिता उपाधि जितेको स्पोर्ट्स क्लबले ३० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेता भएको आयोजक टिमले २० मान येन, ट्रफी, मेडल र प्रमाणपत्र पाएर चित्त बुझाएको छ । घुम्टे युवा परिवार जापानलाई २-१ ले पराजित गर्दै गलकोट समाज जापान तृतीय स्थान हासिल गरी १० मान येन, मेडल र प्रमाणपत्र पाएको छ ।नेपाली राष्ट्रिय पुरुष भलिबल खेलाडी समेत रहेका विशाल विकले प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गरी सर्वोकृष्ट खेलाडीको उपाधि हात पार्न सफल भएका छन् । प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गर्ने अन्य खेलाडीहरूलाई पनि विधागत सम्मान प्रदान गरिएको थियो । यसरी सम्मान प्राप्त गर्नेहरू मा उत्कृष्ट सेटर महेन्द्र साहानी, उत्कृष्ट ब्लकर भगवान खत्री ,उत्कृष्ट स्पाईकर सुरेश थिङ्ग र उत्कृष्ट कोच गल्कोट स्पोर्ट्स क्लब टोकियोका गणेश केसी रहेका छन् ।

प्रत्येक खेलमा १ जनालाई म्यान अफ द म्याचद्वारा सम्मान समेत गरिएको थियो । विभिन्न संघ संस्थाको उपस्थिति रहेको प्रतियोगिताको औपचारिक कार्यक्रम समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षता हिरा ग्रुप टोकियोका सिइओ प्रमुख अतिथि सूर्य लामिछाने र कार्यक्रमको सञ्चालन महासचिव सचिन शर्माले गरेको कार्यक्रम संयोजक वसन्त थापाले जानकारी दिए । नेपाल भलिबल संघ जापान शाखाको प्राविधिक सहयोगमा खेल संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया