काठमाडौं – आयोजक राष्ट्र चीनले एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६९ वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ ।
पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९ सहित कुल ३९ स्वर्ण पदक जितेको छ भने २१ रजत र ९ कास्यसहित ६९ वटा पदक जितिसकेको छ ।
पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले १० स्वर्ण, १० रजत र १३ वटा कास्य पदक जितेको छ । त्यस्तै जापानले ५ स्वर्ण, १४ रजत र १२ वटा कास्य पदकमा आफ्नो कब्जा जमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।
त्यसैगरी उज्वेकिस्तानले ४ स्वर्ण, चार रजत र ६ कास्य जितेको छ हङकङ ३ स्वर्ण, ४ रजत र ७ कास्यसहित पदक तालिकामा पाँचौ स्थानमा रहेको छ । सुटिङ र क्रिकेटमा २ स्वर्ण पदक हासिल गरेको भारतले ३ रजत र ६ वटा कास्य पदक प्राप्त गरेर छैटौँ स्थानमा आफूलाई समेटेको छ ।
त्यसैगरी चाइनिज ताइपेइले २ तथा इन्डोनेसिया, थाइल्याण्ड, मकाओ र ताजकिस्तानले एक एक स्वर्ण पदक जितेका छन् । नेपालको भने एशियन गेम्समा खराब शुरुवात भएको छ । अहिलेसम्म नेपालले कुनै पदक जित्न सकेको छैन ।