Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – महत्वपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपालको आगामी वर्ष बंगलादेशमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप खेल्ने सपनाको अन्त्य भएको छ । मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सम्भावनाको अन्त्य भएको हो ।

जितका लागि १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ५९ रनमात्र जोड्न सक्यो । नेपालका लागि कविता कुँवरले १७ रन तथा कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।थाइल्यान्डका लागि ओनिचा कामोचम्फुले र नाटाया बुचाथमले समान ३-३, थिपाचा पुथाओङले २ विकेट तथा सुनिडा चाटुरोन्ग्राटाना, फनिता मायाले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो । थाइल्यान्डका लागि नानापाट खोन्चारोएन्काईले अविजित ५९ रन तथा नाथाकान चानथामले ३१ रनको योगदान गरे । नेपालका लागि पूजा महतो र कविता कुँवरले १-१ विकेट हात पारे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया