Deneme Bonusu Veren Siteler
शुक्रबार, आषाढ २८, २०८१
Friday, July 12, 2024

कतिपय चलचित्रमा नायकले आफ्नै हात काटेर रगतले प्रेम पत्र लेखेको देखेको थिएँ तर, आज हाम्रो यो प्रेमको बारेमा म भने यहाँ यसरी सस्ता कलमका मसीले जानी नजानी बाध्य भएर दुई-चार शब्द कोर्ने प्रयास गरेको छु । मधुमालती अनि मधुकर बनी कल्पनाको वायुपंखी घोडामा सवार भई आकाश माथिको देशमा सयर गरेको जस्तै हिजो रातिको सपनामा हामी पनि कतै सयर गरिरहेका थियौँ । यसले मेरो मनमा एक प्रकारको रोमाञ्चकता पैदा गरेको छ । निकै नै मीठो थियो । यो मिठो यो मानेमा छ कि यसले मलाई पहिलोपल्ट स्वर्णिम सपनामा तिमीलाई आँखा भरी सजाउने मौका दिएको छ । अहिले निकै डर लागेको छ मलाई कतै त्यो सपना क्षण भरमै तहसनहस हुने पो होकी ? मनको आकाशमा आशङ्काका कालो बादल घुम्न खोज्छ ।

तिमीसँग त्यति धेरै चिनजान पनि त छैन, जति मैले तिमीलाई सपनामा देखेको थिएँ । मलाई माफ गर ! अहिले तिमीलाई कुनै नामले सम्बोधन गर्ने म’मा कुनै शब्द र सम्बोधन छैन । सम्बोधन पनि कसरी गरौँ आज यो बिरानो शहरमा तिमीलाई ! अझ भनौँ यो लेखिरहँदा समाजले सोध्ने प्रश्न तिमी को हौँ ? यसको जवाफ समेत छैन मसँग ! साँच्चै तिमी को हौँ मेरो लागि ? तिमी के हौँ मेरो लागि ? थाहा छैन, प्रिय मान्छे तिमीमा के छ त्यस्तो ? दुनियाँको नजरमा तिमी केवल एक तस्बिरमा मात्र छौँ होली ! तर म तिमीमा मेरो जिन्दगी खोज्दै छु ! हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि मात्र एक पलजस्तो लाग्न थाल्यो । यो सपना जस्तै दिन पनि तिम्रै झझल्कोमा बित्दै बित्दै जान थाल्यो ।

म हरेक दिन तिम्रा तस्बिरलाई पढ्छु । तिमीलाई थाहा छ ? जब तिम्रा तस्बिरहरूमा मेरा मनका आँखा अडाउँछु, एकाएक तिमीमै हराउँछु । तिम्रा हरेक तस्बिरले मलाई किन एक तमासले लट्ठ्याउँछन् ? अनि बिस्तारै गलाउँछ पनि । तिम्रा ती प्रेमिल तस्बिरमा हराइरहँदा मनले मिठो सुकुन् महसुस गर्छ किन होला? के तिमी जवाफ दिन सक्छौ ? कृपया मलाई जवाफ देऊ ! मैले तिमीप्रतिको अपार माया लुकाउन चाहिनँ ।

मेरा अन्तर्मनका कुना–कुनाबाट तिमीप्रति अपार मायाका बर्सातहरू उर्लिएर आएका छन् । लाग्छ यही मायाका बर्सातसँगै आफू पनि तिमीमा पोखिऊँ ! दुनियाँको नजरमा यो पागलपन होला, तर म यसैलाई जिन्दगीको खुसी मान्न तल्लीन हुँदैछु । यादमा व्यथित मेरो मुटु थकित हुन्छ घरीघरी, लाग्छ यतिका धेरै आफन्तबीच पनि म नितान्त एक्लो र बेसहारा भएको महसुस गर्दैछु । भौतिक सुखका सामाग्री किन्न सामर्थ्य राखे पनि माया र मन किन्न नसक्नु सायद मानवजातिको सबैभन्दा निरीहता भएर नै होला ।

खै, हुन त सुनको अगाडि पित्तलको के महत्त्व हुन्छ होला र ? यस्तो लाग्छ तिमी सुन हौँ, म पित्तल हुँ ! तिमी हिमाल हौँ त म हिउँ हुँ तिमी आकाश हौँ त म सूर्य हुँ । आखिर फरक यति नै हो कि तिमी अमूल्य वस्तु जस्तो महँगो हौ म भने बजारमा सस्तो मूल्यमा विक्री वितरण हुने चिज ?

प्रेमगीतहरु सुन्दा अझ तिमीप्रतिको अनुरागले उग्ररुप लिन्छ । जब प्रेम गीत सुन्छु अनि मेरो मन भक्कानिएर आउँछ । मन थाम्न सक्दिन अनि ती तिम्रा मन मुटुभित्र सजिएका तस्बिरहरू हेर्ने गर्छु । तस्बिर मै ए सानी, रानी बोल न, म तिम्रो मायालु मान्छे …. भन्दै तस्बिरसँग कुरा गर्छु । जहाँ जाऊँ तिमी नै तिमी ! हेराइमा तिमी ! खोजाइमा तिमी ! यो जिन्दगीको श्रुतिमधुर गजल तिमी ! हाँसो, आँसु, आश्चर्य अनि गुनासो सबैमा तिमी नै तिमी छौँ । मेरो हरक पल धड्कने मुटुमा तिमी नै तिमी छौँ ।

बिहान, दिउँसो, राती, भोक, तिर्खा, निन्द्रा मलाई छुटयाउन गाह्रो परेको छ अचेल । केवल तिम्रो नै ख्याल गरी रहौँ जस्तो लाग्छ । तिमी मेरो प्रेमको तीर्थ हौ तिमी ! हरपल प्रेम चढाउँदैछु म तिम्रो पाउँमा । लाग्छ यो शिर तिम्रै सामु झुक्न लालायित बनिरहेको छ । म तिम्रै लागि यो धर्तीमा जन्म लिए जस्तो तिम्रै लागि जीवन अर्पण गरिदिऊ जस्तो । अझै भनौँ तिमी नै प्रेमको दूत हौँ । मेरो मृगतृष्णा हौँ । मेरो तन, मन र जीवनमा तिम्रो स्पर्शको न्यानोपन हौ यस्तै यस्तै लागिरहन्छ ।

मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ नि, म तिमीलाई त्यहाँसम्म नै देख्छु । तिम्रो सम्झना र मायालुपनलाई वर्णन गर्न नसक्दा आँसुका धाराहरू बग्न थाल्छन् । जब नियाल्छु सजल मन तब तिम्रै कुमारी महारानीको मुहार मुस्कुराई रहेको हुन्छ । जहाँ जान्छु जुन अवस्थामा रहन्छु तिमीलाई नै देख्छु मेरो सानु रानी । छोटो समयमै तिमी प्रति म यति नजिक भएकी जुन आज वर्णन नै गर्न सक्दिन । वर्णन गर्ने केही शब्दहरू समेत शब्दकोशमा फेला परेन ।

यस्तो लाग्छ, महाबुको उकालो चढे जस्तो । तिमी पथप्रदर्शक अनि म पर्यटक भएर रुमानी यात्रा गरेको जस्तै सम्झिन्छु । मायाको देशमा सुन्दर र महत्त्वपूर्ण दृश्य अवलोकन गर्नका लागि हामी भ्रमण गरेका थियौ ।ठूलो बगैँचा जहाँ अनगिन्ती फुलेका फूलहरू छन्, ती फूलभन्दा केही कमी छैन तिमीमा ! थुप्रै भमरा आउँछन् त्यो बगैँचामा। आफ्नो इच्छा पूरा गर्छन्, थुप्रै रस खान्छन् र जान्छन् कहिले नआउने गरी ! तिमी त्यो बगैँचाको सुन्दर फूल हौ र म तिनै बगैँचामा आउने भमरा मध्येको एक। आफ्नो स्वार्थ पूरा गरिजाने स्वार्थी भमरा त हुँदै होइन म ! म त्यो भमरा हुँ ! जहाँ म बिना त्यो फूलको सुन्दरता फिका छ, उदासीनता छ !

मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ नि, म तिमीलाई त्यहाँसम्म नै देख्छु । तिम्रो सम्झना र मायालुपनलाई वर्णन गर्न नसक्दा आँसुका धाराहरू बग्न थाल्छन् । जब नियाल्छु सजल मन तब तिम्रै कुमारी महारानीको मुहार मुस्कुराई रहेको हुन्छ । जहाँ जान्छु जुन अवस्थामा रहन्छु तिमीलाई नै देख्छु मेरो सानु रानी ।

हामीले बगैँचामा घण्टौँ बिताएका थियौँ । अचानक मेरो मुटुमा कसैले वाण हानेको थियो र म रक्तिम गुलाफको झाङ्गमुनि ढलेको थिए । तिमीलाई पनि त्यस्तै भएको थियो र मेरो समीपमा ढलेकी थियौ । ती मुटुहरूले हामी दुवैको सामीप्य चाहेका थिए । पुष्पपत्रहरु बर्सिएर हामी पुरिएका थियौँ । संसारमा तिमी र म मात्रै छौँ जस्तो । अरू कोही छैन, छ त बस् हाम्रो सपना छ अनि हामी छौ। कल्पनामा बनाएको महल छ दरबार छ, तिमी त्यो संसारको रानी अनि म त्यो संसारको राजा । चारैतिर सिपाही हाम्रो सुरक्षामा खटिए जस्तो ।

वर्षौँदेखि सिँचाइ र मल नपाएर सुक्दै गएको बिरुवा जस्तो ! त्यो भमरा बिना सुन्दर फूल ओइलाएर जानेछ, सुकेर झर्ने छ र मर्ने छ ! म त्यो फूल जस्ती प्रेमिकासँग खेल्न चाहन्छु, लड्न चाहन्छु। बिहान उठ्दा आफ्नै साथमा देख्न चाहन्छु । सधैँभरि ऊसँगै रम्न चाहन्छु । बुढेसकालसम्म हेर्न चाहन्छु उसलाई । त्यो चाउरी परेका गाला ! सारी लगाउँदा मुजा पार्ने जस्तै मुजा परेका गालामा चुम्न चाहन्छु र भन्न चाहन्छु उसलाई यो जुनी मात्र हैन सानी जुनी जुनी तिमी मेरै हुनु ल ।

हरेक पल तिमीसँग भेट्न तीव्र प्रतीक्षामा किन हुन्छ यो मन ? मेरो लागि अपार खुसी हौ, सन्तुष्टि हौ, तिमी जिन्दगी हौ जस्तो । म हरेक दिन तिम्रा तस्बिरलाई पढ्छु । तिमीलाई थाहा छ ? जब तिम्रा तस्बिरहरूमा मेरा मनका आँखा अडाउँछु, एकाएक तिमीमै हराउँछु । तिम्रा हरेक तस्बिरले मलाई किन एक तमासले लट्ठ्याउँछन् ? अनि बिस्तारै गलाउँछ पनि ! तिम्रा ती प्रेमिल तस्बिरमा हराइरहँदा मनले मिठो सुकुन् महसुस गर्छ किन होला? के तिमी जवाफ दिन सक्छौ ? कृपया मलाई जवाफ देऊ ! मैले तिमीप्रतिको अपार माया लुकाउन चाहिनँ ।

जिन्दगी जिउनुको मज्जा तिमी हौ ! म हरेक बिहानी तिम्रो ती स्पर्शबाट दिनको सुरुवात गरेको हुनेछु । जति मैले सपनामा तिमीलाई देखे, तिमीसँग प्रेम गर्न मेरो हैसियत केही पनि मिल्दैन तर पनि तिमी लाई मैले सपनामा तिम्रो साथ पाएको थिए । उच्च नैतिकवान्, चरित्रवान् सर्वगुणी सुन्दरताले भरिपूर्ण तिमी मनोलिसा भन्दा कहाँ कम छौँ र तिमी सर्वगुणी भएर नै होला सबैले तिम्रो प्रशंसा गरेको, त्यही सुनेर हुनसक्छ मैले तिमीलाई मेरो मनको राजकुमारी सपनामा भय पनि तिमीलाई आफ्नो संसार ठान्नु ।

यो सुनेर तिमीलाई पक्कै पनि नराम्रो लाग्न सक्छ, तर आज म मेरो सपनाको कुरा मात्र भन्दै छु । आज मैले नचाहेर पनि हामीबीचको लक्ष्मण रेखा नाघिदिए त्यसको लागि माफ गर है । यस्तो कुरा पक्कै पनि तिमीलाई राम्रो महसुस हुने छैन तैपनि आँखाले मिठो र सुन्दर सपना सँगाली सकेछन् तिमीलाई । मेरो हृदयबाट प्रस्फुटित मायाका प्रत्येक उद्वेग ! तिम्रो चाहनामा समर्पित मेरो प्रत्येक भावना ! अनायासै तिमी तिरै बढ्ने मेरा निर्दोष पाइला, तिम्रै प्रतीक्षामा घन्टौँ टोलाइ रहने यी मेरा एकोहोरो नजर र तिम्रो सामीप्यको चाहनामा धड्किने मेरो प्रत्येक धड्कनका कारण आज मेरो कलम प्रेमको कहानी कोर्न विवश बनायो । दिनभरी तिम्रै सम्झना र रातभरी तिम्रै तस्बिर आँखामा नाचिरहने भएकोले आज मलाई किन हो किन तिम्रो नाममा एउटा पत्र लेखेको हुँ ! मेरो आत्माको नदी तिर्खाएको छ ! माया प्रीति लगाउनका लागि एक पल जस्तो मात्र लाग्छ यो जीवन । तिम्रो झझल्कोमा हराएर बेखबर हुन्छु ! तिमीलाई नसम्झेको कुनै क्षण छैन । यो आकाशको बादल, घनघोर वर्षा, घामको उज्यालो, जुन ताराको शीतलता, धर्तीको हरियाली, फूलहरूको सुगन्ध अनि सुन्दरता, शीतको माला, असिना र हिउँको साम्राज्य, हिमाल र पहाडको लहर र जुनसुकै चीजहरूले मेरो सामु स्मृतिको सौगात लिएर आउँछ ।

मलाई विश्वास छ, तिमीले झर्को नमानी एक पटक धैर्यतासहित यो पत्र पढ्ने नै छौँ । हुन त यस्ता थुप्रै पत्रहरू मुटुको कुन कुनामा लेखेर टाँसिएका छन् तर पनि हिजोको त्यो सपनाले आज मलाई सबैका बिच सार्बजनिक गरेर तिमी प्रतिको मेरो मायालाई बाहिर उतार्ने प्रयास गरेको हुँ ! गल्ती भएमा माफ गर ल ! हिजो आज त तिम्रो सम्झना समाल्नै नसक्ने गरी आउँछ । रातमा निद्रा पर्दैन, तिम्रो कल्पनामा हराउने गर्छु । आँखा चिम्लँदा पनि तिमीलाई नै देख्छु, आँखा खोल्दा पनि तिमीलाई नै कतै निदाएछु भने सपना पनि तिमीलाई मात्र देख्छु । मेरो मन मुटुमा तिमी नै छौँ जस्तो लाग्छ, मात्र तिमी छौँ जस्तो ।

मैले तिमीलाई मन पराउँछु भन्दैमा तिमीले मलाई मन नपराउन पनि सक्छौँ तर मलाई त्यस्तो लाग्दैन किनकि तिमीलाई मेरो मायाले एक दिन पक्कै जित्नेछ । म तिमीलाई तिम्रोलागि आकाशको तारा झार्न सक्छु त भन्दैन तर मेरो संसारको खुसी तिमीलाई नै दिनेछु, बिदानको लाली तिमीलाई, साँझको सामीप्य तिमीलाई मेरो क्षमताले गर्न सक्ने सबै चिज तिमीलाई समर्पण गर्न चाहन्छु । जुन चिज आफूले पाउँदैन, त्यो चिज नै सबैभन्दा प्यारो लाग्छ मलाई। सायद आफ्नो प्रेम पाउन भाग्यमा नै लेख्नु पर्छ होला ! सबैको नसिबमा हुने भए प्रेमको कुनै अर्थ नै के रह्यो र ? त्यसैले त अहिलेसम्म प्रेम चलेको छ, चलिरहने छ ।

अधेरी रातको कहिले जुनेली त कहिले कालो रातमा सम्झनाका बाटोहरू पछ्याउँदै जाँदा म तिमीबाट टाढा भएको पाउँछु । सपनामै जिइरहेको थिएँ म ! मेरो सपनाले नै मेरै प्रेमको हत्या गरिदियो। । जब सपनाबाट ब्युँझिएँ मेरो सामु पीडा र स्वार्थको थुप्रो मात्र थिए। खुब रोएँ, कराएँ, चिच्याएँ पनि तर त्यो रुवाइ र चिच्याहट न तिमीले बुझ्ने छौ न बुझ्ने प्रयास गर्ने छौ ! दोष मेरो सपनाको हो । अचेल म एउटा ठूलो घना जङ्गलमा छु म । जहाँ मलाई देख्ने र मेरो कुरा सुन्ने कोही छैनन् । सबैतिर सुनसान छ । संसारबाट मानव जातिको लोप भइसक्यो जस्तो लाग्छ । अब म मात्र जीवित छु यो संसारमा । सास चलिरहेको छ, शरीरका सबै अङ्ग चलिरहेका छन् तर पनि जीवितमा हुने केही चाल पनि छैन म’मा ।

म तिम्रो साथको पर्खाइमा छु । तिम्रो अभावमा यो जीवन सफल होला/नहोला भन्न सक्दिन म तर, सार्थक भने हुनेछैन । तिम्रो निम्ति यो दिलको ढोका सदा खुल्ला खुल्ला रहनेछ । भाग्यलाई च्यालेन्ज गर्दै म तिमीलाई युग युगान्तकारसम्म प्रेम गरिरहनेछु तिम्रो तस्बिरलाई अन्तस्करणको क्यानभासमा टाँगेको छु । दिलको बाकसमा लुकाएँ र तिमीलाई कसैले नचोरुन् भनेर समर्पणको चाबी लगाएर राखेको छु ।

फेरी सोच्छु म एक आर्यघाटमा छु । सबैतिर मरिसकेका मान्छेहरूको बस्ती छ, बोलाइरहन्छु तिनीहरूलाई । अहँ ! कोही सुन्नेवाला छैनन् । मेरो आवाजलाई, मरुभूमिमा पानीको प्यास लागेर छट्पटिरहेको छु तर चारै तिर बालुवा मात्र छ । गर्मीले मलाई गलाइसकेको छ । लाग्छ म मरिसकेको छु । प्यास बढिरहेको छ । पानीको मुहान खोज्ने हिम्मत हराइसक्यो म’मा । अब मलाई धेरै यस्तो भइरह्यो भने अब पक्कै मर्नेछु अनि किरा फट्यांग्राहरुको आहारा बनेको हुनेछु । गिद्धले मेरो शरीरमा भयको मासु भरी सबै लुछ्ने छ । अब मेरो नामोनिशान हराएर हड्डी मात्र बाँकी हुनेछ । प्रेम यही त हो जुन मृत्युभन्दा भयानक छ । प्रेम त दिने चिज मात्र हो रे तर एकोहोरो दिएको थिए मैले ।

यो सबै तिमीप्रतिको आशक्तिको प्रतिफल हो । त्यस्तो खाली क्षण छैन जहाँ तिम्रो याद नआएको होस् । यस्तो लाग्छ कि म तिम्रो मायाको सागरमा यति गहिरो डुबेको छु, जहाँ मोती नटिपी किनारमा आउन म राजी छैन । मेरो अन्तरात्मा पछाडि फर्केर हेर्न कदापि चाहँदैन । तर मानिसका सबै चाहनाहरू पुरा हुन सम्भव छैन ।

हो, म तिमीलाई मन पराउँछु र माया गर्छु यस अर्थमा तिमीलाई मैले प्राप्त गर्नैपर्छ भन्ने पनि होइन । प्रिय, तिमी वास्तवमै मेरो प्रेरणा हौँ, आदर्श हौँ, पूजा हौ, श्रद्धा हौँ र माया हौँ । तिम्रो शालीनता, सरलता, वैचारिक व्यापकता, निर्दोषिता र निष्कलङ्कता नै मेरो लक्ष्य भएको छ । मन परेको चिज प्राप्त गर्नै पर्छ भन्ने लहड पनि मलाई छैन । त्यसैले तिमीलाई प्राप्त गर्न नपाएको झोकमा म आत्महत्या पनि गर्ने छैन ! तिमी बिनाको संसार अत्यन्त पीडादायी हुनसक्छ ! तिमीले मेरो माया र प्रेमिल भावनाको कदर गरी माया साट्ने एक मौका दियौ भने मेरो सौभाग्य हुनेछ । तिमी मेरो अन्तरआत्माबाट प्रस्फुटित मायाको उद्वेगलाई कोरा बकवास ठान्छौ भने मेरो भन्नु केही छैन । तिमीले मलाई मनपराउन पनि सक्छौँ र घृणा गर्न पनि सक्छौँ, यो तिम्रो नितान्त व्यक्तिगत निर्णय हो ।

जसरी मान्छेलाई जिउन अक्सिजन आवस्यकपर्छ त्यस्तै अनिवार्य जस्तै बनेकी छौँ । यदि तिमीले मलाई बुझेछौँ र मलाई विश्वास गरिछौ भने मैले देखेको यो सुन्दर सपना अवश्य पूरा हुनेछ । सुख, दुःख जे भएपनि तिमी र म सँगसँगै बाँच्नुपर्छ तर सँगै मर्नुपर्छ त म भन्दिन किनकि यमराजले कसलाई कति फेर लैजान्छ अहिले भन्न सकिन्न । तर बाचुन्जेल हाँसी, खुसी, सुखी जीवन बिताउला ! तिमी बिना म अधुरो छु !गोधुली साँझमा आफ्नो वासस्थान फर्कन लागेको वनचरी जस्तै आतुर छु, ती कौतुहलताका साथमा मैले अस्ति पनि काटे ! हिजो पनि र आज पनि तर भोली बिहानको सूर्योदयमा तिमीसँगका हरेक पलहरू याद गर्ने साहस राखेको छु ।

म तिम्रो साथको पर्खाइमा छु । तिम्रो अभावमा यो जीवन सफल होला/नहोला भन्न सक्दिन म तर, सार्थक भने हुनेछैन । तिमी मेरो एउटा छुट्टै, बेगलाई विशेष र खास मित्र थियाैँ, छौँ र सदा रहिरहनेछौँ । तिम्रो निम्ति यो दिलको ढोका सदा खुल्ला खुल्ला रहनेछ । भाग्यलाई च्यालेन्ज गर्दै म तिमीलाई युग युगान्तकारसम्म प्रेम गरिरहनेछु तिम्रो तस्बिरलाई अन्तस्करणको क्यानभासमा टाँगेको छु । दिलको बाकसमा लुकाएँ र तिमीलाई कसैले नचोरुन् भनेर समर्पणको चाबी लगाएर राखेको छु ।

तपाईको प्रतिक्रिया