Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौ – नेपाली सांगीतिक र सञ्चार क्षेत्रमा सुनिरहेकै नाम हो किस्ना आचार्य रोशनी . पत्रकारिता साहित्य र गीतसंगीतमा लामो समय देखि सक्रिय रोशनीको भर्खरै मात्र नयाँ आधुनिक गीत तिम्रो याद ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ । रोशनीको मंगलबार नयाँ आधुनिक गीत ‘तिम्रो याद’ ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

मनोजराज सिवाकोटीको स्वर, ज्योति प्रकाशको संगीत र रोशनीको रचना रहेको उक्त गीतको म्युजिक भिडियो मुकेश हुमागाईँले खिचेका हुन् l दीपेन्द्र केसीको निर्देशन र प्रविन भट्टको सम्पादनमा तयार भएको म्युजिक भिडियोमा इस्टु कार्की र धिरेन्द्र शाही ठकुरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

मोफसलमा रहँदै सांगीतिक तथा साहित्यिक सिर्जना यात्रामा रहेकी रोशनीका स्कुले विद्यार्थी जीवनमै ‘संघर्ष’ गजल संग्रह, ‘च्यातिएको मन’ उपन्यास र केही दोहोरी गीत प्रकाशित भइसकेका थिए । त्यसैको निरन्तरता स्वरूप उनका दर्जनौँ लोक तथा दोहोरी गीत, मौलिक सालैजो, तीज, दशैं तथा झ्याउरे गीत दर्शक स्रोतामाझ आएका छन् ।

गीतसंगीत र साहित्य सिर्जनामा अब्बल रोशनीका केही गीतमा उनकै स्वर र अभिनय पनि सुन्न, देख्न सकिन्छ । राजधानी आएपछि गीत संगीतका अलावा उनी कला तथा मनोरञ्जनसम्बन्धी अनलाइन, छापा, युट्युबमार्फत कला र कलाकारका कुरा प्रकाशित गर्दै पत्रकारितामा सक्रिय रहेकी छन् ।

सुन्दरादेवी सन्देश म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७४, निम अवार्ड युवा पत्रकारिता सम्मान २०७५, उत्कृष्ट मौलिक सिर्जना सम्मान नाट्यश्वर म्युजिक अवार्ड, इपिक नेपाल म्युजिक अवार्ड २०७५ कला पत्रकारिता सम्मान, नेशनल पावर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७६, म्युजिक खबर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७७, पावर इन्टरनेशनल फिल्म फेस्टिवल रङ्ग पत्रकारिता सम्मान २०७८, योङमाइन्डस् म्युजिक अवार्ड २०७८ रङ्ग पत्रकारिता सम्मानलगायतका सम्मान तथा अवार्डसमेत उनले हात पारेकी छिन् ।

तपाईको प्रतिक्रिया