Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौँ – सिनेमा जगतको सबैभन्दा ठूलो बिपद सन् २०१२ मा भएको थियो,जसमा वाल्ट डिज्नीले आफ्नो सबैभन्दा ठुलाे घाटा ब्याेहाेरेकाे थियाे। फिल्मको प्रमोशनमा धेरै पैसा खर्च गरिएको थियो तर फिल्म बक्स अफिसमा निकै फ्लप साबित भयो। निर्माताको २५ सय करोड रुपैयाँ डुब्यो। निर्देशक अभिनेताको करियर ध्वस्त भयो,वाल्ट डिज्नीको प्रमुखले उनको एउटा गल्तीका कारण राजीनामा दिनुपर्‍यो।

यसैबिच, डीसी सुपरहिरो फिल्म ‘द फ्ल्यास’ हालै रिलिज भएको छ, जसले बक्स अफिसमा निकै निराश बनाएको छ। एक दशक अघि रिलिज भएको चलचित्र ‘जोन कार्टर’सँग तुलना गर्दा यो चलचित्रलाई चलचित्र इतिहासकै सबैभन्दा ठूलो विपद्को रूपमा लिइएको छ, जुन चलचित्रले करिब २ हजार करोड रुपैयाँ गुमाउने अनुमान गरिएको छ ।

साइन्स फिक्शनमा बनेको सिनेमा जगतमा ‘जोन कार्टर’ सबैभन्दा धेरै घाटा कमाउने फिल्म हो । यो फिल्म १९३० को उपन्यास ‘ए प्रिन्सेस अफ मार्स’ मा आधारित छ, जसलाई विश्वकै महँगो फिल्ममा पनि गनिन्छ । मिडिया रिपोर्टका अनुसार ‘जोन कार्टर’ बनाउनका लागि निर्माताहरूले ६० लाख डलर खर्च गरेका थिए। जोन कार्टरुको प्रचार र मार्केटिङमा १८० मिलियन डलर खर्च भएको थियो, अर्थात् फिल्मको कुल खर्च ४८६ मिलियन डलर बराबर भएको मानिएको छ।

फिल्म ‘जोन कार्ट’ ले विश्वव्यापी बक्स अफिसबाट मात्र २८४ मिलियन डलर मात्रै कमाएको थियो अर्थात् फिल्मले करिब २५ सय करोड रुपैयाँको ठूलो घाटा बेहोर्नु परेको थियो। २०११ को कमेडी फिल्म ‘मार्स नीड्स मम’ लाई पछि छोडेर यो फिल्म सबैभन्दा ठूलो फ्लप साबित भयो। फिल्म असफल भएपछि यससँग सम्बन्धित सबै कलाकार प्रभावित भएका थिए।

फिल्म ‘जोन कार्टर एन्ड्रयू स्ट्यान्टन द्वारा निर्देशित थियो, जसमा अभिनेता टेलर किट्स मुख्य भूमिकामा थिए। यो फिल्म वाल्ट डिज्नी स्टुडियो द्वारा निर्माण गरिएको थियो, जसले यसको प्रमुख रिच रोजलाई राजीनामा गर्न बाध्य तुल्यायो किनभने उनले सम्पूर्ण बजेट जोन कार्टरलाई दिएका थिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया