Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ को टिजर सार्वजनिक भएको छ। सोमबार जिस्टुडियो युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा सनी देओललाई मात्र प्रस्तुत गरिएको छ। ‘तारा सिंह फर्किए’ नारासहित फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्। नजीव खानले छायांकन गरेको फिल्मलाई सञ्जय संखलाले सम्पादन गरेका हुन्।

यो फिल्म अगष्ट ११ देखि प्रदर्शन हुँदैछ। सन् २००१ मा प्रदर्शन भएको ‘गदर’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। गत जुन ९ देखि यो फिल्म हलमा पुनः प्रदर्शन गरिएको छ। फिल्मले तीन दिनमा ७५ लाख कमाएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया