Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

टोकियो – नेपथ्य ब्याण्डको लाइभ कन्सर्टको दिन आउन यो समाचार तयार पार्दै गर्दा दिन गन्तीले केवल १४ दिन बाँकी छ । तर यही १४ दिन बाँकी रहँदा नेपथ्य कन्सर्ट मार्फत जापानको नेपाली समुदायमा अनलाइन मार्फत साङ्गीतिक कन्सर्टको टिकट बिक्रीको सुरुवात गरेको आयोजकले कीर्तिमानी संख्यामा टिकट बिक्री गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अगस्ट ८ तारिख मंगलबार टोकियोमा कन्सर्ट आयोजना गर्न नेपथ्य व्याण्ड मानवताको लागि सङ्गीतको धुन लिएर टोकियो ओर्लंदैछ । जुलाई २५ तारिख साँझसम्म हाम्रो अनलाइनबाट १५ सय वटा भन्दा बढी टिकट बिक्री भइसकेको छ कन्सर्ट आयोजक भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछाने भन्छन्, ‘सोचेकाे भन्दा धेरै प्रयोगकर्ता र रेस्पोन्स पाउँदा हामी खुशीसँगै उत्साहित छौँ ।’ अब टिकट किन्न टाढा धाइरहनुपर्ने अवस्था अन्त्य गरेर चाहेको समयमा अनलाइनमै किन्ने व्यवस्था गरेकाले धेरै जनाले सहज भएको उनको भनाई छ ।

प्रविधि प्रयोगमा बानी नबसेका व्यक्तिहरूका लागि केही प्रक्रियामा असहजता भए जुनसुकै समयमा फोन सम्पर्क गरेर सहजीकरण व्यवस्था समेत मिलाइएको लामिछाने बताउँछन् । ‘हाम्रो टिकट अनलाइनमा मात्र १५ सय बिक्री भएको हो हामीले टिकट नै प्रिन्ट गरेर ओकुबोको काठमाडौँ लाउञ्ज नेवा डाईनिंग र शिबुयामा रहेको लोकल शिबुया रेष्टुरेण्टमा पनि उपलब्ध गराएका छौँ,’ उनले भने । दुई ठाउँमा गरेर करिब ४ सय टिकट बिक्री भइसकेको जानकारी आएको छ । यस हिसाबले अब हामीसँग करिब १ हजार टिकट मात्र बाँकी छ ।

टोकियो तोयोसुमा रहेको तोयोसु पिटको कन्सर्ट हुने भव्य हलको क्षमता ३५ सय जना रहेको छ । लामिछानेकाअनुसार कन्सर्ट आयोजनाको दिन नजिकिँदै गर्दा टिकट किन्ने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको छ । ‘हिजो आज दैनिक कम्तीमा ५० वटा फोन ईन्क्वायरीहरु आइरहेको छ, हामीले सक्नेलाई अनलाइनमा किन्न र गाह्रो भएर सहयोग लिन र नजिकै रहनुभएकाहरुलाई लोकल शिबुया र काठमाडौँ डाइनिंग रेष्टुरेण्टमा गएर टिकट लिन भनेका छौँ,’ उनले भने ।

लामिछानेका अनुसार हलको क्षमता भन्दा एउटा पनि बढी टिकट बिक्री गर्न नपाउने भएका कारण ५ तारिखसम्म मात्र अनलाइन तथा तोकिएको ठाउँबाट टिकट बिक्री हुने छ, त्यस पश्चात् टिकट बाँकी रहेमा पहिले खरिद गर्न चाहनेलाई पहिलो प्राथमिकतामा उपलब्ध गराउनेगरि व्यवस्था मिलाइएको छ । ‘कन्सर्ट हाउसफुल हुने कुरामा कुनै शंका छैन, टिकट बिक्री कति दिन अघि सकिन्छ भनेर हामीले दिनकै टिकट बिक्री सङ्ख्या चेक गरिरहेका छौँ,’ उनले अगाडि भने, ‘त्यसैले कन्सर्टमा आउन चाहने सबैलाई समयमै टिकट लिन अनुरोध गर्छौं ।’

टोकियोवासीहरूका लागि नेपथ्य लाइभ कन्सर्टको आयोजना गरेका युवा व्यवसायी सुभास लामिछानेले अनुरोध समेत गरे । कन्सर्ट व्यवस्थापनको टिकेटिगं तथा सिस्टम म्यानेजमेन्ट डेस्टिनि क्रियशन जापानले गरिरहेको छ । अनलाइनको माध्यमबाट टिकट खरिद गर्दा हाल सामान्य तर्फ ६,००० येन शुल्क तोकिएको छ । यस बाहेक भिआईपी टिकटको रूपमा नेपथ्य व्याण्डको टिसर्ट र नेपालको झण्डा सहित १०,००० येनको छुट्टै टिकट रहेको छ ।

विशेषगरि टोकियो बाहिर रहेका तथा सबै विवरण उपलब्ध गराएर कन्सर्ट हुने दिननै हलमा टिकट लिन चाहनेका लागि भने ७,००० येन शुल्क तोकिएको छ । नेपथ्य व्याण्डको टोकियो कन्सर्ट टिकट अनलाइनमा खरिद गर्न चाहने व्यक्तिहरुले यस लिंकमा क्लिक गरेर प्रक्रिया अघि बढाउन सक्नेछन् । अनलाइनमा टिकट खरिद प्रक्रियामा कुनै समस्या वा जानकारी चाहिएमा कार्यालय समयमा ०३ ४३६१ ५३०३ वा ०८० ६३५४ ३४९४, ०८० ४१३३ ६१०५, ०८० ३७५३ ५७९७, ०९० ९८४३ ७८९७ र ०८० ६७७९ ७७७० मा सम्पर्क गर्न सकिने डेस्टिनि क्रियशनका असिम बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया