शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – जिल्ला अदालत काठमाडौंले पूर्वकप्तान एवं नेपाली क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसलामा ढिला गर्दा सन्दीप दक्षिण अफ्रिका जान पाएनन् ।

मंगलबार राति नै नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । राति २ बजे टोली दक्षिण अफ्रिका प्रस्थान गर्दा सन्दीप उक्त टोलीमा परेनन् । उनले टीमका बाँकी सदस्यलाई सामाजिक सञ्जालमार्फत शुभकामनासहित बिदाइ गरेका छन् । १९ दिनपछि (१८ जुनबाट) जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटअघि तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान गरेका हुन् ।

त्यहाँको हावापानी र पिचसँग अभ्यस्त हुनका लागि नेपाली टोली २ साताअघि नै प्रस्थान गर्न लागेको हो । यसबीचमा उनको मुद्दाको साप्ताहिक पेशी पर्छ । मुद्दाको अन्तिम किनारा लागेर सफाइ पाएमा सन्दीप सिधै जिम्बाब्वे जानेछन् ।

तपाईको प्रतिक्रिया