मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

विहान चाँडै नै उठ्नुहुन्छ र घरबाट निस्केर थोरै समय हिँडडुल गर्नुहुन्छ वा एक्सरसाइज गर्नुहुन्छ भने यसबाट कैयौं लाभ पाउन सक्नुहुन्छ ।

१. बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ । शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि जरुरी छ ।

२. जो मानिस विहान छिटै उठेर एक्सरसाइज गर्छन् उनीहरुमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लड प्रेसरको समस्या निम्तिदैन ।

३. बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।

४. बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।

तपाईको प्रतिक्रिया