सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – गुगल एवं यसको अभिभावक कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले सन् २०२२ मा करिब २२ करोड ६० लाख अमेरिकी डलर (२९ अर्ब रुपैयाँ बढी) तलब पाएका छन् ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार उनको यो तलब कम्पनीका कर्मचारीको औसत भन्दा ८०० गुणा बढी हो । पिचाईले पाएको यो तलबमा करिब २१ करोड ८० लाख रुपैयाँ बराबरको सेयर भएको जनाइएको छ । गएको जनवरीमा कम्पनीले आर्थिक स्थितिका कारण करिब १२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।

यो महिनाको सुरुमा बेलायतको लन्डनस्थित गुगल कार्यालयका कर्मचारीले विरोध प्रदर्शन गरेका थिए । गएको मार्चमा २०० जनाको रोजगारी कटौती गरिएपछि स्वीट्जरल्यान्डको जुरिचस्थित कार्यालयका कर्मचारीले प्रदर्शन गरेका थिए । गुगलले अहिले बार्ड एआई च्याटबटमा काम गरिरहेको छ । यसले जाभा, सी प्लस प्लस र पाइथनलगायत २० प्रोग्रामिङ भाषामा कोड गर्न सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया