सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

यदि तपाईँ आफ्नो फोटोग्राफीको सिप आफ्नो स्मार्टफोनबाट नै देखाउन चाहनुहुन्छ भने आईफोनमा तपाईँको लागि उपयु्क्त फिचर छन् । प्राय: हाम्रो फोनमा धेरै यस्ता फिचरहरू हुन्छन् जसको बारेमा हामीलाई जानकारी हुँदैन । आईफोनको क्यामेरामा भएको यस्तै एउटा फिचरको बारेमा यहाँ उल्लेख गरिएको छ ।

आईफोनमा यसरी लिनुहोस् लङ एक्सपोजर फोटो:-

– मोबाइलको क्यामेरा एप खोल्नुहोस्

– क्यामेरालाई लाइभ मोडमा राख्नुहोस् । यसको लागि स्क्रिनको दाहिनेतिर सबैभन्दा माथि भएको गोलो आकारको आईकनमा क्लिक गर्नुहोस् – यसपछि तपाईँको मोबाइलको स्क्रिनको माथि बिचमा ‘लाइभ’ भनेर देखाउँछ ।

– आफूले खिच्नको चाहेको बत्तिको वा कुनै प्रकाशको फोटो खिच्नुहोस् ।

– फोटोजमा गएर आफूले खिचेको फोटो ओपन गर्नुहोस्

– यसपछि अघि खिचेको लाइभ फोटो ओपन गर्नुहोस् र स्क्रिनको माथिपट्टि दायाँतिर भएको लाइभ अप्सनमा क्लिक गर्नु्होस् ।

– त्यहाँ लङ एक्सपोजरमा क्लिक गर्नुहोस् ।

यसरी तपाईँले कुनै डीएसएलआर क्यामेराबाट सटर स्पिड मिलाएर खिच्नु भएको जस्तै लङ एक्सपोजर फोटो आईफोनबाट नै खिच्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया