आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड भएको दाबी गरेका छन् । हालै गरिएको एक अनुसन्धानका अनुसार सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज रेकर्ड गरिएको हो ।

अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन् । यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो ।

रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ । तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ ।

यस्तो छ वैज्ञानिकहरूको निष्कर्षको मुख्य बुँदा :-

  • बिरुवा तनावमा हुँदा पानीको थोपा पानीमा पर्दाजस्तै आवाज निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ । यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन् ।
  • अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन् ।
  • रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर छ ।
  • तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ ।

तपाईको प्रतिक्रिया