शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – पछिल्लो समय भाइरल बनिरहेकाे गीत ‘धोकेबाज हौ तिमी’ लाई लिएर विवाद भएपछि गायक शिव परियारले सामाजिक सञ्जालमार्फतस्पष्टीकरण दिएका छन् ।

परियारले ‘धोकेबाज’ गीत आफूले चोरेर गाएको नभएको बताउँदै गालीगलौज नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना दर्शकलाई वास्तविकता बुझन अपिल गदै हल्लाकोपछि नलाग्नसमेत आग्रह गरेका छन् । एक अन्तरवार्तामा परियारले ‘धोकेबाज’ गीत बारे दिएको अभिव्यक्तिका कारण उनी अहिले विवादमा तानिएका छन् ।

उनले गीतको आधिकारिक स्रष्टा र सङ्गीतकार सुवास कार्की भएको र कुनै पनि गीतमा स्वर दिने गायक-गायिका नै उक्त गीतको आधिकारिक र ओर्जिनल गायक गायिका हुने कुरा स्टाट्समा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया