बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । दिउँसो १ बजे शीतलनिवासमा आयोजित विशेष समारोहबीच पौडेलले शपथ लिएका हुन् ।

प्रधानन्यायाधीश नभएकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथग्रहण गराएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

उनी आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर मतले पराजित गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए । लगातार दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् ।

तपाईको प्रतिक्रिया