आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार भारत भ्रमणमा निस्किएका छन् । तर, उनी किन भारत गएका हुन् भन्नेबारे निकटस्थहरूलाई समेत जानकारी छैन । ७ फागुनमा जारी सन्देशमा राजा र दलहरू मिल्नुपर्ने उल्लेख गरेका उनी झापाबाटै सिलिगुडी हुँदै नयाँ दिल्ली पुगेको निकटस्थ स्रोतहरूले जानकारी दिएका छन् ।

पूर्वराजा शाह भारत भ्रमणका लागि निस्केको उनका संवादसचिव डा. फणिराज पाठकले पुष्टि गरे । ‘उहाँ केही दिनका लागि दक्षिणको भ्रमणमा जानु भएको हो, विस्तृतमा मेरो कुरा हुन पाएको छैन,’ पाठकले भने । पूर्वराजासँग पूर्वरानी कोमल, निजीसचिव सागर तिमल्सिनासहित ६ जना साथमा छन् । उनले भारत भ्रमणको कार्यक्रमबारे निकटस्थहरूलाई पनि विस्तृतमा जानकारी दिएका छैनन् ।

 

तपाईको प्रतिक्रिया