काठमाडौं – पोखरामा यात्रु लिएर जहाजले रात्रिकालीन उडान सुरु गरेको छ । आन्तरिक उडान गरिरहेको पोखराले पहिलो पटक रात्रिकालीन उडान गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
फेब्रुअरी २३ कै दिनदेखि रात्रिकालीन उडानको लागि तयार रहेपनि पोखरामा बुधबार राती मात्रै पहिलो पटक जहाज ओर्लिएको हो । सौर्य एयरलायन्सले काठमाडौँबाट पोखराका लागि यात्रु सहितको रात्रिकालीन उडान भरेको हो ।
योसँगै पोखराका रात्रि उडान सफल भएको पोखरा नागरिक उड्डयन प्राधिकरणका प्रमुख विक्रम गौतमले बताए । बुधबार ८ः४५ बजे सौर्यले ३३ यात्रु लिएर उडान भरेको हो । सोही जहाज पोखराबाट ४६ यात्रु लिएर काठमाडौँ फर्किएको छ ।
अब पोखरा रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि तयार रहेको र मेच्युरिटी पिरियड समेत पूरा भएको गौतमले जानकारी दिए । बुद्ध एयरले पनि पोखरामा फागुन २५ देखि रात्रि उडान सुरु गर्ने तयारी थालेको छ ।
प्रकाशित मिति: बिहिबार, फाल्गुण १८, २०७९
प्रकाशित समय: १५:२२:३०