Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः सुरू गर्ने भएको छ । जजिरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट सातामा तीनवटा उडान गर्ने कम्पनीको भनाइ छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जजिराले भैरहवाबाट कुवेतकोलागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ बजेर ५ मिनेटमा उडान भर्नेछ भने कुवेतमा स्थानीय समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा अवतरण गर्नेछ । साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार आठ सय ३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।

नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहका अनुसार जजिराले नेपालको प्रबर्द्धनमा सहयोग पुर्‍याउने छ । उनले भने, ‘यसले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ भन्नेमा हामी विश्वस्त छौं ।’

तपाईको प्रतिक्रिया