Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौँ – मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जबाट चालु आर्थिक वर्ष २०७९/८० को ३ महिनामा ८ अर्ब ८४ करोड रुपैयाँ भन्दा बढीको भारतीय धान भित्रिएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ मूल्यको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को ३ महिनामा वीरगञ्ज नाका हुँदै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ८२ हजार ९ सय ३१ मेट्रिक टन भारतीय धान आयात भएको थियो । तुलनात्मक रुपमा गत वर्षको तुलनामा यस वर्ष वीरगन्ज नाका हुँदै ६५ हजार मेट्रिक टन बढी भारतीय धान आयात भएको छ ।

यस वर्ष मङ्सिरको पहिलो साता देखि भारतीय धान भित्रिन थालेको हो । भारतले नेपालतर्फ धान र चामलको निर्यात खुला गरेलगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुँडालले जानकारी दिनुभयो । प्रमुख भन्सार अधिकृत चुँडालले भारतले धान चामल निकासीका लागि वीरगन्ज, भैरहवा र काँकडभिट्टा गरी नेपालका तीन वटा नाकालाई मात्र स्वीकृति दिएकाले तीन वटै नाकाबाट भारतीय धान भित्रिएको र सबैभन्दा बढी वीरगन्ज नाकाबाट धान भित्रिएको जानकारी दिनुभयो ।

वीरगञ्ज नाकाबाट विशेष गरी भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बङ्गालबाट धान चामल आयात हुने गरेको भन्सारको तथ्याङ्कले देखाएको छ । नेपाल चामल, दाल, तेल उद्योग संघका केन्द्रीय अध्यक्ष एवं वीरगञ्ज उद्योग वाणिज्य संघका समेत अध्यक्ष रहनुभएका डा. सुबोध गुप्ताले भारतले नेपालका लागि यस वर्ष ६ लाख मेट्रिक टन धान चामलको निर्यात फुकुवा गरेकोमा कोटा अनुसार धान चामलको आयात भइसकेपछि अहिले भारतीय धान चामलको आयात बन्द भएको जानकारी दिनुभयो ।

गत वर्ष भारतले साँढे ५ लाख मेट्रिक टन कोटा नेपाललाई दिएको थियो । यस वर्ष समयमै नेपालले धान आयात गर्न पाएपछि व्यवसायीले राहत महसुस गरेको गुप्ताले बताउनुभयो । भारतबाट आयातित धान र स्वदेशी उत्पादनले अब नेपालको माग पुरा हुने बताउँदै यस वर्ष धान चामल महँगो नहुने वीरगञ्जका धान चामल व्यवसायी शिवजी गुप्ताले बताउनुभयो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया