Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा ३० करोडको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा ३० करोड ३७ लाख ४२ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस अवधिमा नेपालबाट ४९६ किलोग्राम यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । विश्वका १२ वटा मुलुकले नेपालबाट यार्सागुम्बा किन्दै आइरहेका छन् । तीमध्ये सबैभन्दा धेरै हङकहङ र कम्बोडियाले किन्ने गरेका छन् ।

यस अवधिमा हङकङमा १३ करोडको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा १० करोडभन्दा धेरैको यार्सागुम्बा निर्यात भएको छ । यस्तै, भियतनाममा ४ करोड १६ लाख, अमेरिकामा ५१ लाख, बेलायतमा २० लाखको निर्यात भएको छ ।

यस्तै, सिंगापुरमा १ करोडको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ । मलेसियाले ३४ लाखको यार्सागुम्बा किन्दा इटाली, चीन, कोरिया, फ्रान्स र जर्मनीले समेत नेपालबाट यार्सागुम्बा किन्दै आएका छन् ।

तपाईको प्रतिक्रिया