Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – हिजोआज आँचल शर्माको पहिरनले दर्शकको ध्यान तान्ने गरेको छ । उनी उपस्थित हुने इभेन्टमा उनको ड्रेसले ध्यान तान्ने गरेको छ ।केही दिन अगाडि आफ्नो फिल्म ‘वर एण्ड वधु’ को घोषणाको लागि आयोजित गरिएको पत्रकार सम्मेलनमा पनि उनले इभेन्टको ध्यान आफूतर्फ मोड्न सफल भइन् । बिहेपछि युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको ।आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहपश्चात् भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ । पछिल्लो समय उनी इभेन्टमा प्रस्तुत हुने शैली र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने तस्बिरहरूले उनको पहिरनको यथार्थलाई दर्साउँछ ।उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन् । आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन् । किनकि बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ ।तर, आँचल झन्‌-झन्‌ बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया