मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडाैं – प्रविधि कम्पनी इन्टेलले एकै पटक हजाराैं कर्मचारी कटाैती गर्ने भएकाे छ । विश्वव्यापी रुपमा चलिरहेकाे आर्थिक मन्दिका कारण कम्पनिमा परेकाे असरलाई मध्य नजर गर्दै कम्पनीले कर्मचारी कटाैती गर्न लागेकाे हाे ।

विशेषगरी कम्पनीकाे म्यानुफ्याक्चर विभागमा कार्यरत हजाराै‌ं कर्मचारी यसबाट प्रभावित हुने जनाइएकाे छ । जसमा कम्पनीले कर्मचारीलाई तीन महिनासम्म बेतलबी विदा बस्ने सुविधा समेत उपलब्ध गराएकाे उल्लेख गरिएकाे छ । यसकाे अर्थ जागीर छाड्न नचाहनेले तीन महिनासम्मकाे लागि बेतलबी विदा बस्न पाउने छन् । इन्टेल जस्तै यसअघि ठूला प्रविधि कम्पनी मेटा, ट्वीटर लगायतले समेत हजाराैंकाे संख्यामा कर्मचारी कटाैती गरिसकेका छन् । ट्वीटरमा करारमा काम गर्ने करिब ५५ सय कर्मचारीहरूलाई रोजगारीबाट निकालिएको छ भने मेटाले १३ हजारकाे हाराहारीमा कर्मचारी निकालेकाे उल्लेख गरिएकाे छ ।

यसकाे मुख्य कारण आर्थिक मन्दिसँगै कोरोना महामारीको समयमा भर्ना गरेका अनावश्यक कर्मचारी भएकाे बताइएकाे छ । कोरोना महामारीको समयमा अनलाइन गतिविधि बढेसँगै अनलाइनबाटै काम गर्ने प्रचलन बढेको थियो । जुन प्रविधि कम्पनिहरुका लागि बरदान सावित भयाे । उक्त समयमा कम्पनीहरुकाे आम्दानी पनि ह्वातै बढेकाे थियाे । जसले गर्दा कम्पनीहरुले ठुलाे मात्रामा कर्माचारी नियुक्ती गरेका थिए। अनावश्यक रुपमा नियुक्त गरिएकाे साेही कर्मचारी यती बेला आएर कटाैती गर्नु पर्ने अवस्था आएकाे समेत जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया