शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – लियोनल मेस्सीको दुई गोल प्रेरित अर्जेन्टिनाले जमैकासँगको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ। गएराति भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हरायो। जसमा मेस्सीले दुई गोल गरे।

खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमको अग्रता २-० को बनाए। त्यसअघि खेलको १३ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गरेर अर्जेन्टिनाको जितलाई सहज बनाए।

 

तपाईको प्रतिक्रिया