बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी भारत भएको छ । भारतले मंगलबार सम्पन्न खेलमा बंगलादेशसँग ३-० को हार बेहोरेसँगै समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

नेपाल समुह बि को विजेता भएकाले अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन् । नेपालले यस अघि समुह चरणका खेलमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै भारतले समुह ए मा पाकिस्तानलाई ३-० ले र माल्दिभ्सलाई ९-० ले पराजति गरेको थियो । तर समुह चरणको अन्तिम खेलमा भारत बंगलादेशसँग ३-० ले पराजित भयो ।

त्यस्तै अर्को सेमिफाइनलमा बंगलादेश र भुटान भिड्ने भएका छन् । बंगलादेश समुह ए मा अपराजित हुदै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको छ भने भुटानले समुह चरणमा नेपालसँग हार बेहोरेपनि श्रीलंकालाई पराजित हुदै सेमिफाइनलमा स्थान बनाएको छ ।

अब सेमिफाइनलका खेल आगामी शुक्रबार हुने छन् । शुक्रबार पहिलो सेमिफाइनल बंगलादेश र भुटानबीच अपराहन्न १ बजेदेखि हुने छ भने दोस्रो सेमिफाइनल साँझ साढे ५ बजेदेखि नेपाल र भारतबीच हुने छ ।

तपाईको प्रतिक्रिया