Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौंआर्थिक वर्ष २०७७/७८ मा बालबालिका जन्मिएदेखि १५ महिनासम्म लगाईने ४८ लाख भन्दा बढी खोप खेर गएको छ । महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदन २०७९ ले आर्थिक वर्ष २०७७/७८ मा ४८ लाख ३७६ मात्रा खोप खेर गएको देखाएको छ । खेर जानेमा सबैभन्दा बढी बच्चा जन्मने बितिकै लगाइने बीसिजी खोप २० लाख ९५ हजार ३९८ अर्थात ७८/८ प्रतिशत खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, प्रतिवेदनमा जन्मिएको ६ र १० हप्तामा लगाईने पेन्टा डीपीटी चार ६४ हजार १५२ अर्थात २२.२ प्रतिशत खोप खेर गएको छ । बच्चा जन्मिएको नौ महिनामा लगाईने दादुरा रुबेला नौ लाख २७ हजार ५३३ अर्थात ४८.३ प्रतिशत खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, बच्चा जन्मिएको ६, १० र १४ हप्तामा लगाइने पोलियो ओपीभी चार लाख ६३ हजार ५३३ अर्थात् २३.२ प्रतिशत खोप खेर गएको देखिएको छ । जन्मिएको १२ हप्तामा लगाइने जापानिज इन्सेफलाइटिस खोप चार लाख ३६ हजार ४४६ मात्रा अर्थात ४६.५ प्रतिशत खेर गएको उक्त प्रतिवेदनमा जनाइएको छ ।

धनुष्टंकार र भ्यागुते रोगविरुद्ध लगाइने टीडी खोप चार लाख १३ हजार ३३३ लाख अर्थात् ३६ प्रतिशत खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ । विभिन्न खोप दाता अनुदानमा प्राप्त तथा विभागले खरिद समेत गरी नेपाल सरकारले निःशुल्क रुपमा लगाउँदै आएको छ ।

खोप कार्यक्रम मितव्ययी र कुशल रुपमा सञ्चालन नभएकाले प्राप्त भएको खोप अस्वाभाविक रुपमा खेर गएको महालेखाले उल्लेख गरेको छ । यस्तो खोप दिँदा खोप तालिका निर्धारण गरी खोप लगाउने र प्राप्त भएका खोपहरु खेर नजाने गरी व्यवस्थापन गर्न  प्रतिवेदनमा आग्रह गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया