Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौं – नेपाली काँग्रेसको जारी केन्द्रीय समिती बैठकमा आगामी संसदीय निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा तिब्र बहस भैरहेको छ । सभापति शेरबहादुर देउवा गठबन्धन गरेर जानुपर्ने पक्षमा रहेको छ भने डा. शेखर कोइराला पक्ष गठबन्धन गर्न नहुने पक्षमा रहेको छ ।

यसैबीच बुधबारको बैठकमा भएको घोचपेचमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफुलाई धेरै नजिस्काउन चेतावनी दिदै विधान संशोधन गरेर फेरी सभापति हुनसक्ने बताएका छन् । कोइराला पक्षका सांसद तथा केन्द्रीय सदस्य संजय गौतमले गठबन्धन गरेर पार्टीलाई घाटा हुने विचार व्यक्त गरेपछि देउवाले तत्काल जवाफ दिदै गठबन्धन नगरे तपाइले चुनाव जित्न सक्नुहुन्छ त ? भन्दै प्रश्न गरेका थिए ।

उनले यस्तै कुरा गरिरहे आफु विधान संशोधन गरेर फेरि सभापति हुन सक्ने भन्दै आफुलाई धेरै नजिस्काउन चेतावनी दिएको एक केन्द्रीय सदस्यले बताए । ‘मलाई धेरै नजिस्काउनुस् । गठबन्धन गरेर चुनाव जिताएर बलियो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छाड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु ।’ देउवाले भनेका थिए ।

काँग्रेसको विधानमा एक जनाले दुई पटक मात्र सभापति हुन पाउने व्यवस्था रहेको छ र देउवा दुई कार्यकाल सभापति भइसकेकाले अब विधान अनुसार सभापति बन्न नपाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया