बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – नासाले मंगलबार जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिल्लोपटक खिचिएको ब्रह्माण्डको पूर्णरङ्गिन तस्बिर सार्वजनिक गरेको छ ।

यो तस्बिरले ब्रह्माण्डको सबैभन्दा गहिरो, अति विस्तृत इन्फ्रारेड दृश्य देखाएको बताइएको छ । यो तस्बिरमा हामीकहाँ आइपुग्न अरबौं वर्ष लागेको आकाशगङ्गाहरूको प्रकाशसमेत खिचिएको नासाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा जानकारी दिने क्रममा उक्त तस्बिर देखाइएको थियो ।

राष्ट्रपतिले भने, ‘यी तस्बिरहरूले अमेरिकाले ठूलो काम गर्न सक्छ भनेर विश्वलाई सन्देश दिने बताए । र यसले अमेरिकी जनतामा विशेष गरी हाम्रो नयाँ पुस्तामा हाम्रो सीमाभन्दा बाहिर केही छैन भन्ने विश्वास जगाउन गइरहेको छ ।’

१० अर्ब डलरको जेम्स बेभ स्पेस टेलिस्कोप गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो । यो प्रसिद्ध हबल स्पेस टेलिस्कोप भन्दा धेरै आधुनिक भएको बताइएको थियो ।

तपाईको प्रतिक्रिया