मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टाेकियाे – जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । जापान टाइम्सका अनुसार चुनावी प्रचारको क्रममा नारा पुगेका आबेलाई सडकमा सम्बोधन गर्दैगर्दा पछाडिबाट एक अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

गोली लागेपछि उनी सडकमै ढलेका थिए । उनको शरीर रक्ताम्मे देखिएको थियो । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको हाे ।

गोली प्रहार गरेको आशंकामा ४० वर्षीय नारा प्रान्तमा बस्ने यामागामी तेचुयालाई प्रहरीले पक्राउ गरेको छ । गोली लागेर ढलेका आवेलाई हेलिकप्टरमा अस्पताल लगिएको छ । आवे १० गते हुने चुनावी प्रचार अभियानको सिलसिलामा नारा पुगेका थिए । घाँटीमा एक गोली र देब्रे छातीमा केही गोली लागेको बताइएको छ ।

आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए । उनी जापानी जनतामाझ लोकप्रिय प्रधानमन्त्रीका रुपमा परिचित छन् । जापानमा हाते बन्दुक प्रतिबन्धित छ । यस प्रकारको घटनालाई जापानमा एकदमै दुर्लभ मानिन्छ । ***

तपाईको प्रतिक्रिया