सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौँ – नेपाल प्रहरीको साइबर ब्यूरोलाई दक्षिण कारियाले ८ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब बढी रूपैयाँ अनुदान दिने भएको छ । ब्यूरोको क्षमता विकासका लागि कोरियाले १ अर्ब बढी रूपैयाँ अनुदान सहायता दिने भएको हो ।

असार २१ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीमा क्षमता विकाससहितको साइबर ब्यूरो स्थापनका लागि गणतन्त्र कोरिया सरकारबाट प्राप्त हुने अमेरिक डलर ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

कोरिया सरकारले दिएको अनुदान ८ मिलियन अमेरिकी डलर साइबर ब्यूरोको भौतिक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि खर्च हुनेछ ।

तपाईको प्रतिक्रिया