शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नेपालमा २८ जनामा ओमिक्रोनको सब भेरियन्ट बीए-२ संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पताल काभ्रे र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएका ३२ वटा नमुनामध्ये थप दुई वटामा बीए-२, दुई वटामा बीए-१ र दुई वटामा बीए-५.५ संक्रमण पुष्टि भएको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार प्रयोगशालामा प्रत्येक दुई सातामा नयाँ जिन सिक्वेन्सिङ गरिँदै आएको छ ।

एकै दिन ११३ जनामा कोरोना संक्रमण
यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।

जसमध्ये १,५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १,१७५ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।

तपाईको प्रतिक्रिया