सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानले विवादित टापुहरू नजिक चिनियाँ र रुसी युद्धपोत देखिएपछि विरोध गरेको छ । आफ्नो जल क्षेत्र नजिकको विवादास्पद इस्ट चाइना सीका टापुहरूमा सोमबार बिहानै चिनियाँ र रुसी युद्धपोतहरू देखेपछि जापानले विरोध गरेको हो ।

जापानको रक्षा मन्त्रालयले सेन्काकु टापु वरपरको जापानी जल क्षेत्रसँग जोडिएको स्थानमा एउटा चिनियाँ युद्धपोत देखिएको जनाएको छ । रक्षा मन्त्रालयले अर्को एउटा रुसी युद्धपोत आएर त्यहाँ एक घण्टा भन्दा लामो समय बसेको र त्यसको चालिस मिनेट पछि चिनियाँ युद्धपोतको पनि उपस्थिति रहेको पुष्टि गरेको थियो । तर, पछिल्लो समयको सो क्षेत्रमा भएको चिनियाँ र रुसी सैनिक गतिविधिको उद्देश्य तत्काल स्पष्ट हुन सकेको छैन ।

यद्यपि जापानी अधिकारीहरूले भने समुद्री तुफानबाट जोगिनका लागि ती युद्धपोत त्यहाँ आएर बसेको हुनुपर्ने अनुमान गरेका छन् । जापानको उपप्रमुख क्याबिनेट सचिव सेजी किहाराले यस घटनाप्रति बेइजिङसमक्ष ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै विरोध गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया