मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका क्यान्सर पीडित विष्णु पाण्डेलाई सहयोग रकम हस्तान्तरण गरेको छ । मालारानी ५ निवासी पाण्डेलाई ५२ हजार २७४ रकम हस्तान्तरण गरिएको हो ।

लामो समयदेखि जिब्रोको क्यान्सर भएर विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका उनको उपचारमा आर्थिक समस्या परेको भन्दै परिवारले समाजसमक्ष आर्थिक सहयोगको अपिल गरेको थियो । आफ्नो स्थापनाकालदेखि नै अर्घाखाँचीमा विविध सहयोग गर्दै आइरहेको समाजले यो पटक पनि नगद सहयोग गरेको हो । पीडितका परिवारबाट समाजलाई आग्रह गरेकोले सहयोग गरिएको समाजका अध्यक्ष दीपक थापाले जानकारी दिए ।

समाजका कार्यसमिति सदस्य हेमन्त रेग्मीको संयोजकत्वमा छोटो समयमा सहयोग अभियान सञ्चालन गरिएको समाजका कोषाध्यक्ष टोप बहादुर घर्ती मगरले जानकारी दिए। समाजले आफ्ना सदस्यहरूलाई स्वइच्छाले सहयोग गर्न गरिएको अपिलबाट सो रकम अर्घाखाँचीका वरिष्ठ पत्रकार एवं समाजसेवी सहयोगी वि. सी.को रोहवरमा समाजका सल्लाहकार डा. विष्णु खनालका बुवा कृष्ण खनालमार्फत बिरामी विष्णु पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

आफ्नो परिश्रमको थोपा थोपा गरेर जम्मा गरेको रकमबाट यस मानवीय कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगीमा अर्घाखाँची समाज जापानले हार्दिक कृतज्ञता ज्ञापन गर्दै साथै आगामी कार्यक्रमहरूमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ ।

यी हुन् सहयोगदाताहरू :-

  • दीपक थापा – ¥३,000
  • सङ्गीता थापा- ¥२,000
  • बाबुराम पौडेल-¥२,000
  • टोप ब घर्ती – ¥२,000
  • हेमन्त रेग्मी – ¥2,000
  • सरोज भुसाल-¥२,000
  • केशव रेग्मी – ¥२,000
  • डा.विष्णु खनाल -¥ ५,000
  • कृष्ण के सी – ¥२,000
  • चेतन घर्ती – ¥२,000
  • नेत्र विष्ट -¥ २,000
  • नन्द बहादुर थापा -¥ २,000
  • कृष्ण आले (क) -¥२,000
  • मधु क्षेत्री -¥ २,000
  • तारा पुन -¥२,000
  • चेत नारायण थापा -¥२,000
  • हरि गौतम -¥ २,000
  • कृष्ण रेग्मी -¥२,000
  • करिश्मा थापा क्षेत्री -¥२,000
  • हिम ब थापा(अर्जुन )-¥३,000
  • नारायण प्रसाद भुसाल -¥२,000
  • किसान थापा लामाखर्क-¥२,000
  • नेत्र प्रसाद पन्थी (क ) -¥२,000
तपाईको प्रतिक्रिया