Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – कोरोना अवधिपछि आएको मन्दीले सबैलाई असर गरेको छ । विश्वका धनी एलन मस्कोको सम्पत्ति करिब ६२ अर्ब डलरले घटेको छ भने जेफ बेजोसको सम्पत्ति करिब ६३ अर्ब डलरले घटेको छ । ब्लूमबर्गका अनुसार मार्क जुकरबर्गको कुल सम्पत्ति आधाभन्दा बढीले घटेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सको पछिल्लो अनुमान अनुसार २०२२ को पहिलो छ महिनामा (जनवरी-जुन) मा विश्वका शीर्ष ५०० धनीले १४ ट्रिलियन डलर गुमाएका छन् । यो विश्वव्यापी अर्बपति वर्गको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो आधा वर्ष गिरावट हो । यो कोरोना पछिको अवधिमा सबैभन्दा तीव्र गिरावट पनि हो । यसले प्राविधिक कम्पनीहरूदेखि क्रिप्टोकरेन्सीहरूमा सबै कुरा घटाएको देखिएको छ ।

नीति निर्माताहरूले बढ्दो मुद्रास्फीतिसँग जुध्न ब्याजदर बढाउँदा केही उच्च मूल्यका स्टकहरू र अर्बपतिहरूले ठूलो घाटाको सामना गरिरहेका छन् । टेस्ला इंकको अन्तिम त्रैमासिक अहिलेसम्मकै सबैभन्दा खराब रहेको छ । अमेजन इंक डट-कम बबलपछि सबैभन्दा बढी पीडित भएको छ ।

ब्लूमबर्ग अरबपतिहरूको सूची अनुसार टेस्लाका सह-संस्थापक एलन मस्कसँग अझै पनि २०८.५ बिलियन डलरको उच्चतम सम्पत्ति रहेको छ । अमेजनका मालिक जेफ बेजोस १२९.६ बिलियन डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा छन् ।

फ्रान्सका सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्ट १२८.७ बिलियन डलरको कुल सम्पत्तिका साथ तेस्रो स्थानमा छन् भने ११४.८ बिलियन डलरको कुल सम्पत्तिका साथ चौथो स्थानमा बिल गेट्स छन् ।

तपाईको प्रतिक्रिया